फेरी नवयुग नायक

football photoe
१२ औ साग खेलकुदको पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । जित सहित नेपालको सेमिफाइनल प्रबेशको सम्भावना बलियो बनेको छ । आइतबार भएको खेलमा नेपालले भुटानलाई ५–०ले पराजित ग¥यो । नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरे भने अन्जन विष्ट र विसाल राइले थप गोल गरे । ३३ औ मिनेटमा नवयुगको गोलमा नेपालले अग्रता लिएको थियो । ४४ औ मिनेटमा विसालले गोल गरे । एक पक्षिय खेलको ५१ औ मिनेटमा अन्जनले गोल गर । नवयुगले ७५ औ मिनेटमा गोल गरे भने भने ८५ औ मिनेटमा उनले अर्को गोल थपे ।

Comment