फुटबलमा नेपाल भुटानसँग भिड्दै

football photoe
१२ औं साग अन्तर्गत आइतबार फुटबलको समूह चरणको खेलमा नेपालले भुटानको सामना गर्दै छ । नेपाल समूह बिमा भुटान र बंगलादेशसँग रहेको छ । सो समूहमा रहेको अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालको समुह चरणको खेल सहज भएको हो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले भुटानविरुद्ध शुरुमै गोल गर्ने योजना अनुसार खेल्ने बताए । “भुटानको टिम पनि राम्रो छ । हाम्रो योजना भनेको शुरुमै स्कोर गर्नेमा रहने छ ।” उनले भने ।
उनले व्यवस्थापनको कमजोरीका कारण केहि समस्या भोग्नुपरेको समेत बताए । उनको एग्रिडेसन कार्ड ढिलो गरि बनेको भए पनि त्यसमा कोच हुनुपर्नेमा व्यवस्थापक रहेको छ । आइतबार साँझसम्म सो सच्चाइने बताइएको छ । १२ औं सागको तयारी समितिले नेपाली टोलीको एग्रिडेसन कार्ड मार्चपासको समयसम्म पनि तयार गरिसकेको थिएन ।
फुटबलतर्फ नेपालले भुटानलाई हराउँदै सेमिफाइलन प्रवेशलाई सहज बनाउने गोररक्षक प्रशिक्षक मिग्रेन्द्र मिश्रको बिश्वास छ । फुटबलको समूह चरणको खेल हुने स्थान अन्तिम समयमा परिवर्तन गरिएको थियो । पल्टन बजारमा रहेको फुटबल स्टेडिममा हुने प्रतियोगितामा सबैलाई प्रवेश निशुल्क गरिएको आयोजकले बताएको छ । स्थानियक दर्शकहरुलाई पास समेत वितरण गरिएको छ ।११ फ्रेबेओरीमा नेपालले समूह चरणको दोस्रो खेलमा बंगलादेशको सामना गर्ने छ ।

Comment