टेबलटेनिस टोलीलाई कल मोबिलिटीको ट्रयाकसुट

tabletenniseभारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा सहभागी हुने नेपाली टोलीलाई कल मोबिलिटीले मंगलबार ट्रयाकसुट प्रदान गरेको छ । अखिल नेपाल टेबलटेनिस संघ र काठमाडौं जिल्ला टेबलटेनिस संघले खेलाडीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा १५ सदस्यीय टोलीलाई कल मोबिलिटीका निर्देशक पुल्कित भीमसेरियाले ट्रयाकसुट प्रदान गरे । जम्मा १ लाख ७५ हजार मूल्य बराबरको ट्रयाकसुट प्रदान गरियो । १० खेलाडी, ३ प्रशिक्षक, १ संयोजक र १ निर्णायकलाई ट्रयाकसुट प्रदान गरिएको हो ।
सो अवसरमा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, काठमाडौं जिल्लाका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment