दिनेश श्रेष्ठ अमेरिका जाँदै

Manoj Shiama
1 February, 2016 6:54 am

dinesh1
युएसए तेक्वान्दोको निमन्त्रणमा अमेरिकाको नाभादामा हुने यर्स ओपन च्याम्पियनसिप युएस ओपन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न तेक्वान्दो प्रशिक्षक एवं तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ सोमबार त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रतियोगिता फेब्रुअरी २ देखि ७ तारिखसम्म हुनेछ ।
दिनेश मेरिल्यान्ड र बाल्टीमोरस्थित एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीमा फेब्रुअरी २६ देखि २८ तािरखसम्म हुने अमेरिकन ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि सहभागी हुने छन् । त्यस्तै दिनेशले अमेरिकाकै विभिन्न शहरमा हुने अन्य तेक्वान्दो सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छन् । दिनेश अप्रिल ३० तारिखमा नेपाल फर्कने छन् ।
संलग्न हुने ५० रेफ्रिमध्य उनी एक्लो नेपाली हुन् । प्रतियोगितामा १०० भन्दा बढी देशका २ अजार भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।