तेक्वान्दो पाइलट प्रोजेक्टको उद्घाटन

Manoj Shiama
31 January, 2016 10:36 pm

taekwondo group1
तेक्वान्दो हय्ुमेनेटेरियन फाउन्डेसन नेपाल पाइलट प्रोजेक्टको आइतबार सिनधुपालचोक खाडीचौरमा आयोजित कार्यक्रममा उपराष्ट्रपती नन्द किशोर पुनले उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुनले १२ बैशाखमा गएको भुकम्प पछि नेपाल तेक्वान्दो संघ दुइ महिना पुर्नउत्थानमा सक्रिय रहेको सस्मरण गर्दै बिश्व तेक्वान्दो महासंघले मानबीय सम्बेदनाको दृष्टिले महत्वपूर्ण कार्यको थालनी गरेको बताए । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नेपालमा तेक्वान्दो खेलको प्रभावलाई ध्यानमा राख्दै राष्ट्रिय खेलका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै बिशेष अतीथी बिश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. छ्वान छोले सहयोगलाई निरन्तरता दिने बताए । सांसद मोहन बहादुर बस्नेतले भुकम्पले अत्यन्त प्रभावित सिन्धुपालचोकलाई सबैको सहयोग आबस्यक पर्ने बताए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणाले तेक्वान्दो नेतृत्वको यो सहयोग र सम्मानले आफूलाई अझ उत्साहित तुल्याएको बताए ।महासंघका अध्यक्ष छोले सिन्धुपालचोक जिल्ला तेक्वान्दो संघलाई १० लाख रुपैया सहयोग गरे । यसैगरी, एसियाली तेक्वान्दो युनियन, युरापेली तेक्वान्दो युनियन र ओसियाना तेक्वान्दो युनियनले समेत सिन्धुपालचोकलाई २२० ट्रायकसुट, त्यत्तिकै संख्यामा डोबक र किक प्याड प्रदान ग¥यो ।कार्यक्रममा महासंघका अध्यक्ष छोले उपराष्ट्रपती पुनका साथै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणा र सिन्धुपालचोक जिल्ला तेक्वान्दो संघका पूर्व अध्यक्ष कृष्ण क्षेत्रीलाई सम्मान पत्र प्रदान गरे । उद्घाटन अबसरमा सांस्कृतीक कार्यक्रम र तेक्वान्दो डेमोन्ट्रेसन पनि भयो ।