प्रधानमन्त्री ओलीद्वारा फुटबल टोली सम्मानित

anfae

बंगबन्धु गोल्डकप विजयी गराउने राष्ट्रिय टोलीका सदस्यहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमका सदस्यलाई बिहीबार बालुवाटारमा सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद्को सिफारिस अनुसार टोलीका सबै सदस्यलाई जनही २–२ लाख रुपैयाँ प्रदान गरिने बताए ।  नेपाली टिमले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्दै बंगबन्धु कपको उपाधि हात पारेको थियो ।

Comment