बालाजुलाई उपाधि

team chamione
बालाजु कराते डो एकेडेमीले तेस्रो कमल स्मृती कराते प्रतियोगिताको उपाधि जितेको छ । एक दिने प्रतियोगितामा बालाजुले सात स्वर्ण, ५ रजत र तीन काश्य पदक जित्दै पहिलो स्थान हात पारेको हो । नरहरीपुर डोजोले ३ स्वर्ण, १ रजत र ६ काश्य पदक जित्दै दोस्रो तथा मेन डोजोले २ स्वर्ण र ४ काश्य जित्दै तेस्रो स्थान हात पा¥यो ।
प्रतियोगितामा १५ स्पर्धा समाबेश थिए । महिलामा बालाजुकी अल्बिना नगरकोटी तथा पुरुषमा पचलीभैरव डोका रोनीस कार्की उत्कृष्ट खेलाडी घोषित भए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता एकेएफ रेफ्रि ध्रुब विक्रम मल्ल सहित पृथ्बी बहादुर श्रेष्ठ,नवराज मास्के, छत्र बहादुर आले, श्याम सुन्दर राइ र राम चन्द्र गुरुङ्गले सञ्चालन गरेका थिए । पचलीभैरव डोजोका पूर्व खेलाडी दिवंगत कमल ढकालको स्मृतीमा प्रतियोगिता भएको संयोजक सागर शाहीले बताए । पचलीभैरव डोजो, जलजला डोजो र श्रीकृष्ण डोजोको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । कार्यक्रमको अबसरमा विभिन्न खेलकर्मीलाई सम्मान पनि गरिएको थियो ।

Comment