राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राखेपलाई उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिएका छन् । उपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिएका हुन् ।
‘बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रियस्तरको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा बहराईनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाली फुटबल टोलीले उपाधी हासिल गर्न सफल भएकोमा अत्यन्त हर्षित र गौरवान्वित भएको छु’, शुभकामना पत्रमा उल्लेख छ, ‘खुशीयालीको यस सुखद अवसरमा राष्ट्रको गरिमा बढाई नेपाल र नेपालीको शीर उचो बनाउन सफल हुनु भएकोमा सम्पूर्ण खेलाडी टोली, प्रशिक्षक तथा सम्बद्ध खेल पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिंदै हृदयदेखि नै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

Comment