प्रहरीका खेलाडीलाई राम बोसको हौसला

ram bosse
फुटबल तथा सामाजीक क्षेत्रमा सक्रिय ब्यक्तित्व राम श्रेष्ठ ‘बोस’ ले आसन्न दक्षिण एशियाली खेलकुदको तयारीमा रहेका नेपाल पुलिस क्लबका खेलाडीलाई खेलकर्मीलाई जर्सी तथा ट्रयाक प्रायोजन गरेका छन् । श्रेष्ठले प्रहरी अतिरिक्त निरीक्षक सुरेन्द्रबहादूर शाहलाई जर्सी तथा ट्रयाक हस्तान्तरण गरे । शाहले खेलाडीहरुलाई जर्सी प्रदान गर्दै मेहिनेतका साथ खेलेर पदक ल्याएको खण्डमा नेपाल प्रहरीले हौसला प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताए । त्यस्तै, श्रेष्ठले नेपाली खेलकुदमा पुलिस क्लबको बेग्लै इतिहास रहेको भन्दै प्रहरीका खेलाडीहरुलाई ट्रयाक प्रायोजन गर्न पाउँदा गर्व लागेको बताए । दक्षिण एशियाली खेलकुदमा बक्सिङ, भलिबल, टेबुल टेनिस, ब्याडमिन्टन, कबड्डी, भारत्तोलन, एथलेटिक्स ,फुटबल लगायतका विभिन्न खेलमा पुलिस क्लबका ४४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । व्यवसायि समेत रहेका राम श्रेष्ठ थ्रीस्टार क्लबका सदस्य तथा पूर्व टिम म्यानेजर समेत हुन् । यसै सिजन थ्रीस्टार क्लबले राष्ट्रिय लिग उपाधी जित्दा श्रेष्ठ क्लबका लिग संयोजक थिए । साथै १२ र २९ बैशाखमा गएको भुकम्प पछि प्रभावित क्षेत्रमा निशुल्क स्वस्थ्य शिबिर सञ्चालन गर्ने काम गरेर उनी आफूमा रहेको मानबीय सम्बेदनाको भावना पुष्टि गर्न सफल भएका थिए ।

Comment