पेम्बा सम्मानीत

pemba1
नेपाली करातेका परिचित ब्यक्तित्व पेम्बा तामाङ्ग शनीबार सम्मानीत भएका छन् । ललीतपुर जिल्ला खेलकुद विकास समितीको हलमा नेपाल निहान सोतोकान कराते संघ, टेक्नीकल कमिटीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले तामाङ्गलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा करातेकर्मी निबास गोपाल बैद्य, श्याम शेर्पा, निहान सोताकान कराते संघका अध्यक्ष जितेन्द्र मोक्तान र ललीतपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष हेराकाजी मर्हजनको उपश्थिती थियो । टेक्नीकल कमिटीका सचिव चिन लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा टेक्नीकल सेमिनारको समापन पनि भएको थियो । साथै केही दिन अघि भारतका भएको प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान पनि गरियो ।

Comment