टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग

muna and jeevan1
अखिल नेपाल टेबल टेनिस संघ र काठमाडौं जिल्ला टेबलटेनिस संघले भूकम्प पीडित पूर्व र वर्तमान टेबलटेनिस खेलाडीलाई राहत स्वरुप शनिबार आर्थिक सहयोग प्रदान गरेका छन् । १४ जनालाई कुल २ लाख ३२ हजार रुपैयाँ प्रदान गरियो ।
अन्तर्राष्ट्रिय सहभागिता र पदकधारी खेलाडीका आधारमा मुन ाबासुकला, शिवसुन्दर गोथे, नविता श्रेष्ठ, चन्दन शाही, रिता प्रजापति, अमरलाल मल्ल, विलोश श्रेष्ठ, स्यान्टू श्रेष्ठ, विजय तामाङ र सोनु थापा मगरले समान २० हजार ४ सय ६९ रुपैयाँ प्राप्त गरे ।
सुनील महर्जन, जयराम महर्जन, आशिष अवाले र अजेश महर्जनले समान ६ हजार ८ सय २३ रुपैयाँ पाए । उनीहरुलाइराष्ट्रिय प्रतियोगितामा सहभागी र पदकधारीको वर्गमा राखिएको थियो ।
विभिन्न संघ संस्था र विदेशमा रहेका पूर्व खेलाडीले आर्थिक सहयोग प्रायोजन गरेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष एवं साफ गेम्सका रजतधारी धर्ममान वज्राचार्यले जनाएका छन् ।
विदेशमा रहेका पूर्व खेलाडीबाट रकम सकलन गर्न पूर्व खेलाडी एवं टेबलटेनिस संघकी केन्द्रीय सदस्य सन्ध्या शाक्यले पहल गरेकी थिइन् । काठमाडौं जिल्ला टेबलटेनिस संघले पनि भूकम्प पीडित टेबलटेनिस खेलाडीको सहयोगार्थ गत साउन ४ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

Comment