तेक्वान्दो नै प्राथमिकता

suprimaeरामेछाप जिल्ला नेपाली खेलकुदमा त्यत्ति धेरै प्रभाव राख्ने जिल्ला होइन । पछिल्लो समय फाटफुट महिला भलीबलको प्रभाव छ । खेलकुदमा पछि परेको यो जिल्लामा पनि पछिल्लो समय तेक्वान्दोमा प्रतिबद्ध एक खेलाडीको उदय भएको छ । मैत्री तेक्वान्दो डोजाङ्गमा आबद्ध सुप्रिमा सुनुवार आफ्नो तौल समुहमा मध्यमाञ्चलको च्याम्पियन बनेर साग छनोटमा सहभागिता जनाउने अबसर पाए पछि उनको यो खेल प्रतिको लगाव अझ बढेको छ । उनी भन्छिन्,“ अब यसै खेलमा समर्पीत भएर लाग्ने छु । अझ राम्रो गर्ने र राष्ट्रिय टोलीमा पर्नेमा आशाबादी पनि छु । ˝
२४ बर्षे सुप्रिमाको जिवनमा आरोह अबरोह आयो । बाल्यकाल पनि ललीतपुर र रामेछाप गरेर वित्यो । सात बर्ष अघि उनी तेक्वान्दो सिक्न थालेकी थिइन् । यस विचमा उनी कला क्षेत्रमा पनि आबद्ध भइन् । तथापी उनी आफू तेक्वान्दोकर्मी भएकोमा नै गर्व गर्छिन् । अनुशाषित जिवन र समाजप्रतिको उतत्तरदायीत्व बहन गर्न तेक्वान्दो परिवारले सिकाउने उनको मत छ ।
आम नेपालीको झै उनको पनि अबस्था सामान्य नै हो । यो सामान्य जिवन यापन र बिहान नियमित प्रशिक्षण उनको दिनचर्या हो । साथमा तेक्वान्दोकर्मी भएका कारण समाजीक जिवन यापनको सकरात्मक भुमिका उनको जिवनको प्राथमिकता हो ।

 

Comment