आयोजक भानुभक्त च्याम्पियन

bhanubhakta mondaye
आयोजक भानुभक्त स्कुलले अन्तर बिद्यालय टेवल टेनिस प्रतियोगितामा मंगलवार टिम च्याम्पियनको उपाधि जितेको छ । भानुभक्तले ६ इभेन्टबाट २ स्वर्ण,३ रजत र ८ कास्य जितेको छ । २ स्वर्ण मात्र जितेको चाँदवाक स्कुल दोश्रो भयो । एक–एक स्वर्ण जितेका ग्यालेक्सि र महामञ्जुश्री स्कुल संयुक्त रुपमा तेश्रो स्थानमा रहे । भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत मंगलवार गल्स यू–१२ को फाईनल खेलमा चाँदवाक स्कुलकी स्वेतआष्मा राणाले आयोजक भानुभक्तकी बविता श्रेष्ठलाई ११–८,९–११ र ११–७ ले पराजित गदै स्वर्ण जितिन् ।
सोहि स्पर्धामा भानुभक्तका ममता श्रेष्ठ र रोशनी श्रेष्ठ तेश्रो भए । गल्स यू–१४ तर्फ चाँदवाककी आयुष्मा पाण्डेले भानुभक्तकी रोशनी श्रेष्ठलाई ११–७,९–११ र १२–१० ले हराउदै स्वर्ण जितिन् । भानुभक्तकी बबिता श्रेष्ठ र केडीनी राई तेश्रो भए । गल्सकै यू–१६ मा महामञ्जुश्रीकी दिपिका कुवर पहिलो भईन् । उनले फाईनल खेलमा आयोजक भानुभक्तकी अञ्जली शाहीलाई ११–७,८–११ र ११–८ ले रोकिन् । सोहि स्पर्धामा भानुभक्तकी श्रृदा कार्की र कुमुदिनीकी श्रृदा थपलिया तेश्रो भए । त्यस्तै ब्वाईजको यू–१६ को फाईनल खेलमा भानुभक्तका प्रदिप मल्लले आफ्नै स्कुलका सागर धितालमाथी रोमाञ्चक जित निकाले । पहिलो र दोश्रो सेट १२–१४ र ७–११ ले गुमाए पनि खेलमा फर्कदै बाँकी सेट भने ११–५,११–९ र ११–८ ले आफ्नो पक्ष्मा पारे । सोहि समूहमा भानुभक्तका मनोज श्रेष्ठ र एलिन मल्ल तेश्रो भए । महोत्सब अन्तरर्गत बुधवार देखि अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता संचालन हुनेछ ।

Comment