देशले खोजेको एउटा रोलमोडल

gyani2
८० को दशकको सुरुवात नेपाली तेक्वान्दोको साख उच्च बन्यो । विधान लामा, राजकुमार राइ, सीता राइ, प्रमिला थापा लगायत एकसे एक स्टार थिए । अरु पनि थुप्रै नाम छन् । तेक्वान्दो खेलाडी नेपाली समाजको रोल मोडल बन्ने क्रमलाई संगीना बैद्य , सबीता राजभण्डारी र दिपक बिष्टसम्मले निरन्तरता दिए । पछिल्लो समय दुइ एसियाड पदक बिहिन विताएको तेक्वान्दो फेरी उच्च जोशका साथ १२ औ दक्षिण एसियाली खेलकुदको तयारीमा जुटेको छ । नियमित कप्तान मनीता शाही अमेरिका गए पछि एउटाद रिक्तता देखिएको छ । त्यो रिक्तताको माझ नेपाली खेल क्षेत्रबाट समाजमा देखिन सक्ने रोल मोडलको सम्भावना सायद यस पटक पुरा हुने छ, एउटा नया स्टारको उदय हुने छ भन्नेमा धेरै जना आशाबादी पनि हुनु स्वभाबिकै हो ।
अनुशाषित, सामाजीक चेतना भएकी दवावको सामना नगर्ने, कर्तब्यमा दृढ ज्ञानी चुनारा आसन्न सागबाट नेपालमा फेरी स्टारको रुपमा उदाए उनी नया युगकी नया रोल मोडल हुन लायक भएकोमा धेरै सहमत पनि छन् । “ साग छनोटमा तीनवटै खेलमा कुनै दवाव महशुष नहुनु र उनमा देखिएको परिपक्वताले हामीलाई धेरै आशाबादी तुल्याएको छ । ” ज्ञानीलाई नजीकबाट नियालीरहेकी प्रशिक्षक संगीना बैद्यको उनकै बारेको प्रतिक्रिया हो यो ।
उमेरमा २२ बर्ष भए पनि परिपक्व मानसिकताकी यी स्टार मेक्सीकोमा भएको बिश्व च्याम्पियनसीप र १७ औ एसियाली खेलकुदमा प्राप्त अनुभब पछि तेस्रो ठूलो प्रतियोगिताका लागि उनी दैनीक तीन पटक गरी पाचँ घन्टा अभ्याषमा ब्यस्त छिन् । बिश्व च्याम्पियनसीपमा जर्मनी तथा एसियाली खेलकुदमा जापानकी खेलाडीसंग प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी थिइन् । बाबु शेर बहादुर चुनारा सेनामा जागीरे । बाबुकै कारण अध्ययन बिजेश्वरी स्कुलमा त्यसै स्कुलमा एथलेटिक्स र तेक्वान्दो खेल्न सुरु गरिन् । विद्यालयमा भलीबल सहित तीन खेल भए पनि भलीबलमा उनी जम्न सकिनन् । बाकी दुवै खेलको उत्तिकै राम्रो खेलाडी । बल बहादुर श्रेष्ठ यीनको सुरुवाती प्रशिक्षक ।
एथलेटिक्समा हाइजम्पकी स्टार चुनारा अहिले पनि इन्डुरेन्स पावर भएकी, राम्रो फेस कीक र सुरुवात देखि अन्त्यसम्म डटेर खेल्नन सक्ने क्षमता भएको संगीना बताउछिन् । तीनै संगीना बिजेश्वरीबाट आर्मी क्लबमा प्रबेश गरे पछि लगातार चार बर्ष नेपालको प्रभावकारी खेलाडीको रुपमा रहेकी छिन् ।
उनलाई सुरुवाती दिनमा यस खेलको राष्ट्रिय च्याम्पियन हुनुको महत्व र दवाव कमै थाहा थियो । संगीना बैद्य र दिपक विष्टको स्टाम देखे पछि उनले तेक्वान्दो खेलाडी हुनुको थप गर्व महशुष गर्न थालीन् । तेक्वान्दोकर्मी हुनुको जिम्मेवारी उनलाई थाहा छ । केही दवाव त हुन्छ नै तर, दवावको महशुष त्यत्ति साहे छैन । भन्छिन् “ हाम्रो काम परिणाम र नतीजाकै बारे धेरै सोचेर अल्मलीने होइन । प्रशिक्षणमा मिहेनत गर्ने र धेरै सिक्ने रिङमा यसलाई अधीक उपयोग गर्ने । ”उनको यही सिक्ने चाहनाको कारण खेल रिभ्यु हेर्ने र सहकर्मी तथा प्रशिक्षकसंग सल्लाह र छलफल गर्ने बानी छ । उनको यही सिक्ने चाहना र राम्रो खेल्ने प्रतिबद्धताका कारण धेरैको प्रीय बनेकी छिन् । साथमा अनुशषन, भद्र र शालिन ब्यक्तित्व भएको कारण रीङमा प्राप्त हुने नतीजासंगै नेपाली तेक्वान्दोले नया रोल मोडलको बाटो तय गर्ने अपेक्षा गरिएको छ ।

Comment