तामाङ्गलाई दार्जीलीङमा स्वर्ण

chin darjaleeng1
जनवरी १६ र १७ मा भारतको दार्जीलीङमा भएको छैटौ दक्षिण एसियाली कराते च्याम्पियनसीपमा एक स्वर्ण, दुइ रजत र दुइ काश्य पदक जितेको छ । नेपालका फुर्तेम्बा तामाङ्गले फाइनलमा भारतका सञ्जय गाम्नुलाई हराउदै ब्वाइज अन्डर १४ कुमेतेको उपाधि जिते । महिलाको १८ बर्ष माथिको उमेर समुहको सेमिफाइनलमा दिपिक कश्यपले श्रीलंकाकी दीनुसा कुमारीलाई पराजित गरी फाइनल प्रबेश गरे पनि फाइनलमा भारतीय खेलाडीसंग पराजित भइन् ।
नेपालका फुदा दोजे तामाङ्ग १२ बर्ष मुनीको कुमुतेमा भारतीय खेलाडीसंग नै पराजित भइ रजत पदकमा सिमित भए । सुन्दर तामाङ्गले ब्वाइज १८ बर्ष मुनीको र समिर तामाङ्गले ब्वाइज १० बर्ष मुनीको स्पर्धामा काश्य पदक जिते ।

Comment