साइपालको छात्रवृत्ति

saipal sammaneधुम्बाराहीस्थित साइपाल एकेडेमीले आफ्ना तीन विद्यार्थी फुटबल खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने बिहीबार घोषणा गरेको छ ।
पुस दोश्रो साता आइडियल इङलिस उमाविको आयोजनामा भएको प्रथम आइडियल कप अन्तरकलेज छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा उत्कृष्ट प्रशर्दन गर्ने खेलाडीलाई कक्षा १२ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको साइपालका कार्यकारी निर्देशक गणेश भण्डारीले एक कार्यक्रमबीच घोषणा गरे ।
आइडियल कपमा उत्कृष्ट खेलाडी घोषित भएका सुशान तामाङ, रोशन मगर र अतित सेन ठकुरीलाई साइपालले छात्रवृत्ति प्रदान गर्न लागेको हो । सुशान र रोशनले पूर्ण छात्रवृत्ति तथा अतितले ५० प्रतिशत छुट पाउने छन् । तीनैको मिलाएर छात्रवृत्तिको कूल राशी करिब १ लाख १२ हजार रुपैयाँ हुन आउने बताइएको छ ।त्यस्तै साइपालले आइडियल कपको उपाधि विजेता साइपाल ‘ए’ र उपविजेता साइपाल ‘बी’ का टोलीका सदस्यलाई पनि सोही अवसरमा प्रोत्साहन स्वरुप ट्रयाक सुट प्रदान ग¥यो ।
जम्मा २५ हजार रुपैयाँ मूल्य बराबरको ट्रयाकसुट प्रदान गरिएको साइपालले जनाएको छ । त्यसमा ३० प्रतिशत रकम सिन्धु स्पोर्ट्सले प्रायोजना गरेको छ ।साइपाल ‘ए’ बाट कप्तान सुशान श्रेष्ठ, अजय तामाङ, रोशन मगर, कृष्ण लामा, युजन लामा, युवराज लामा र सुनील तामाङले प्रतिस्पर्धा गरेका थिए । डिफेन्समा अजय र गोलरक्षकमा कृष्ण उत्कृष्ट चुनिएका थिए ।साइपाल ‘बी’ बाट खेल्ने खेलाडीहरुमा कप्तान अतित सेन ठकुरी, विवेक सुनवार, सुजन खड्का, बुद्धि मगर, मिलन राई, सिशम दुलाल, पुनम बुढाथोकी तथा विश्वास परियार रहेका छन् । प्रशिक्षक विनोद क्षेत्रीलाई पनि ट्रयाक सुट प्रदान गरियो ।
टोलीका सदस्यलाई कार्यकारी निर्देशक गणेश भण्डारी, प्रिन्सिपल सुमन नगरकोटी तथा संयोजक राजकुमार ओझाले ट्रयाक सुट हस्तान्तरण गरेका थिए ।

 

Comment