श्रीलंकामाथि नेपालको जित

football photoe
नेपाली राष्ट्रिय फुटबल टोलीले १२ खेलको विजय हिन यात्राको अन्त्य गरेको छ । बंगबन्धु कपको समुह एको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ । नेपालका लागि चौथो मिनेटमा विमल घर्ती मगरले गोल गरे । म्यान अफ द म्याच घोषित बिमलले सफलताको श्रेय सम्पूर्ण टोलीलाई दिएका छन् । नेपालले शुक्रबार बंगलादेशसंग समुहको अन्तिम खेल खेल्ने छ ।

Comment