खेलकर्मीको उपश्थितीमा निशुल्क स्वास्थ शिबिर सम्पन्न

 

nrn michigone गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले गत जनावरि ९ मा निशुल्क स्वास्थ शिबिर सफलता पुर्बक सम्पन्न गरेको छ । स्थानिय ज्योति एभरेष्ट तेक्वन्दो संघको हलमा सम्पन्न कार्यक्रममा डा राजेश पोखरेलको सम्योजनमा  अन्य १० जना डाक्टरहरु  क्रमश: डा हेम रेग्मि, डा सरोज नेउपाने, डा सिदार्थ यादब, डा धीरज यादब, डा प्रदिप खनाल, डा दिलिप खनाल, डा श्रिस्टि नेउपाने, डा सधिक्षा लोहनि , डा रोशन आचार्य  तथा डा सन्दिप कुवर को सहभगितता थियो। बिहान ९ बजे देखि दिउसो १ : ३० बजेसम्म संचालन भएको कार्यक्रममामा ६२ जनाले  निशुल्क स्वास्थ जाच तथा पारमर्श प्राप्त गरेका थिए। कार्यक्रममा खेलकर्मीहरुको सक्रिय सहभागिता थियो ।  कार्यक्रम सफल पार्न आअफ्नो ठाऊ बाट सहयोग गर्नु हुने सम्पुण सङघ सस्था तथा महानुभाबहरुलाई गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले आभार प्रकट गरेको छ।
Comment