टेटे खेलाडी बैंकक जाँदै

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि ४ सदस्यीय नेपाली टेबलटेनिस खेलाडी टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछन् ।tt thailandeचार खेलाडीलाई मात्र प्रशिक्षणको व्यवस्था मिलेकाले पुरुष÷महिलामा शीर्ष २ वरीयताका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउन लागिएको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् ।
पुरुषमा पुरुषोत्तम वज्राचार्य र दीप साउन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जन रहेका छन् । सागका लागि समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएका छन् । टेबलटेनिस मुख्य प्रशिक्षक शिवनारायण श्रेष्ठ बुधबार बैंकक जाने छन् ।

Comment