साफ च्याम्यिनसिपको सेमिफाइनल बुधबार

nepali ladies football team
तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा  नेपालले बुधबार बंगलादेशसंग खेल्दै छ । पाकिस्तानको राजधानी इस्लामावादस्थित जिन्ना रगंशालामा हुने सो प्रतियोगिता स्थानिय समय अनुसार दिउँसो १ः३० बजे समूह ए को विजेता नेपालले समूह बी को उपविजेता बंगलादेशको सामना गर्न लागेको हो । साफ च्याम्पियनसिपको सेमिफाइनलमा भने नेपाल तेस्रोे पटक सेमिफाइनलमा भिड्न लागको हो ।
यसअघि सन् २०१० मा बंगलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले बंगलादेशलाई ३­० गोलअन्तरले पराजित गरेको थियो भने सन् २०१२ श्रीलङ्कामा भएको दोस्रो साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ३­० गोलअन्तरले पराजित गरेको थियो ।
त्यस्तै प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा भने नेपालले श्रीलङ्कालाई ३­० ले पराजित गरेपछि श्रीलङ्का समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।नेपाली टोलीका मुख्य प्रक्षिशक कुमार कटृवालले बंगलादेश बलियो प्रतिद्धन्द्धी भएता पनि आफनो टोलीले सहजै जित हात पार्ने बिश्वास ब्यत्तल गरे । उनले नेपाल उपाधिको दाबेदार भएको बताए ।
नेपाली टोलीकी कप्तान अनु लामाले बगलादेश बलियो टिम भए पनि आफ्नो टोली नै जितको हकदार भएका बताइन् । अर्को सेमिफाइनल खेल विहान स्थानिय समय अनुसार विहान १०ः०० बजे भारत र श्रीलङ्काविच हुने छ ।

Comment