साइपाललाई आइडियल कप

Manoj Shiama
30 December, 2015 9:19 am

saipal finale
साइपाल एकेडेमी‘ए’ ले प्रथम आइडियलकप अन्तरकलेज सिक्स ए ाइड छात्र फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।आइडियल इङलिस उमाविको आयोजनामा चावहिलको गणेशथानमा भएको फाइनलमा साइपालले आफ्नै ‘बी’ टिमलाई १–० को झीनो गोल अन्तरले पराजित ग¥यो । उजन लामाले निर्णायक गोल गरे । उपाधिसंगै साइपाल ‘ए’ ले १० हजार नगद पुरस्कार पायो । साइपाल ‘बी’ ले ५ हजार नगदमा चित्त बुझायो ।
साइपाल ‘ए’ का सुशन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । साइपाल ‘ए’ कै द्वय कृष्ण लामा गोलरक्षक तथा अजय तामाङ डिफेन्समा उत्कृष्ट ठहरिए । नासा इन्टरनेसनल कलेजका विसन मगर उत्कृष्ट मिडफिल्डर चुनिए ।  पाँचदिने प्रतियोगितामा विभिन्न १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।