पूर्वाञ्चलको टुंगो लाग्यो

eastern selectione

१२ औ सागमा खेलकुदका लागि हुने तेक्वान्दो छनोटमा पूर्वाञ्चलबाट प्रतिनिधीत्व गर्ने खेलाडीको टुंगो लागेको छ । र्पूृवाञ्चलबाट छनोट हुने खेलाडीमा पुरुष ५४ किलोमा सतीस काफ्ले, ५८ किलोमा सरोज तामाङ्ग, ६३ किलोमा कुमार बहादुर बोगटी र ६८ किलोमा पद्म तामाङ्ग रहे ।
यसैगरी, पुरुष ७४ किलोमा प्रबीन श्रेष्ठ, ८० किलोमा मुकेश श्रेष्ठ, ८७ विपिन कार्की तथा ८७ किलो भन्दा माथिको तौल समुहमा घनश्याम श्रेष्ठ छनोट भएको प्रशिक्षक फणीन्द्र खड्काले जानकारी दिए । महिला तर्फ ४६ किलो तौल समुहमा पार्वती राइ, ४९ किलोमा सुनीता तामाङ्ग, ५३ किलोमा सन्ध्या सिंह, ५७ किलोमा रुबीना राइ र ६२ किलोमा ममता भुजेल छनोट भए ।

Comment