क्षेत्रीय छनोटमा रुपन्देहीको प्रभाव

west selectioneभारतमा आयोजना हुने १२ औ दक्षिण एसियाली खेलकुदका लागि हुने तेक्वाान्दो छनोटका लागि पश्चिमाञ्चलबाट छनोट प्रतियोगिता खेल्ने खेलाडीको टुंगो लागेको छ । पश्चिमाञ्चलबाट छनोट भएका खेलाडीका पुरुषतर्फ ५४ किलोमा प्रेम राना, ५८ किलोमा सुनील पौडेल र ६३ किलोमा किरण बहादुर आले छन् । यी तीनै खेलाडी रुपन्देहीका हुन् । यसैगरी, ८० किलोमा रुपन्देहीकै सञ्जय विक र ८७ किलोमा राजिव सिंह क्षेत्री छनोट भए । ६७ किलोमा बाग्लुङ्गका दिपक बोहरा तथा ७४ किलोमा कास्कीका निरज नेपाली छनोट भए ।
महिला तर्फ कास्की र रुपन्देहीकै प्रभाव रह्यो । ४६ किलोमा रुपन्देहीकी सरिता श्रेष्ठ छनोट भइन् भने रुपन्देहीकै अनु नेपाली ५७ तथा अनीसाा केसी ६२ किलोमा छनोट भए । कास्कीकी राखी शर्मा ४९ किलोमा तथा तारा जिसी ५३ किलोमा छनोट भए । रुपन्देही जिल्ला खेलकुद विकास समितीका अध्यक्ष योग गुरुङ्ग र नेपाल तेक्वान्दो संघका सदस्य कोशिष खड्काको उपश्थितीमा भैरहवामा छनोट प्रतियोगिता भएको हो ।

Comment