सिवाकोटी अध्यक्ष रहेको संघद्वारा माबुनीप्रति श्रद्धाञ्जली

kedarre
विश्व सितोरियो कराते महासंघका संस्थापक ग्रान्ड मास्टर केन इ माबुनीको निधनमा केदारबाबु सिवाकोटी अध्यक्ष रहेको नेपाल सितोरियो कराते संघले शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । माबुनीको ९७ वर्षको उमेरमा जापानमा निधन भएको ७ औं दिनको पूण्यतिथिमा बौद्धमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।
सिवाकोटीसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्त गुरुङ, प्रशिक्षक राम लामालगायतले दीप प्रज्ज्वलन गर्नुका साथै स्व. माबुनीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

Comment