बिश्व तेक्वान्दो हाम्नादाङ्ग प्रतियोगिता पोखरामा

hangmadane
बिश्व तेक्वान्दो हाम्नादाङ्ग प्रतियोगिता २०१६ फेब्रेअरी २७ देखि २९ सम्म पोखरामा हुने भएको छ । पर्यटन केन्द्रमा हुने प्रतियोगितामा २० देशका २ हजार खेलाडी सहभागि हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा प्राय दक्षिण उसियाली राष्ट्रको सहभागिता निश्चित रहेको छ । आयोजक कमिटीका सदस्य सचिव तथा आयोजक कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जुगन गुरुङ्गले पहिलो पटक भुकम्प तथा दोस्रो पटक इन्धन अभावको कारण उत्पन्न समस्याका कारण प्रतियोगिता पछि सार्नु परेको जानकारी गराए ।
नेपालका लागि कुकीवानका  प्रशिक्षक क्वान योंग दलले कुकीवानका प्रशिक्षक रहेको सबै देशम सहभागिताका लागि सम्पर्क भइरहेको बताए । नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको यो प्रतियोगिता सञ्चालनका लागि संघ अध्यक्ष प्रकास समसेर राणाको संयोजकत्वमा मुल आयोजक कमिटी गठन गरिएको छ ।
प्रतियोगितामा पुम्से, ग्यारोगी र क्योकपाका विभिन्न विधामा प्रतिस्पर्धा हुने छ । नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्गले केही दिन भित्र नेपाली खेलाडीको सहभागिताका लागि मापदण्ड तयार गर्ने बताए । प्रतियोगिातको लागत १ करोड ५० लाख रुपैया रहेको छ । यसको अधा भन्दा बढी हिस्सा कुकीवानले सहयोग गर्ने र अन्य नेपालभीत्रकै श्रोतबाट खोजीने जनाइएको छ । दक्षिण कोरिया भन्दा बाहीर यो प्रतियोगिता आयोजना हुन लागेको पहिलो पटक हो ।

Comment