सान्चुङ्ग, सन्देश र अस्मितलाई स्वर्ण पदक

ambs mondaye
कोटेश्वर तेक्वान्दो डोजाङ्गकी सान्चुङ्ग राइले सातौ कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगिताको महिला तर्फको जुनियर ४६ किला मुनीेमा स्वर्ण पदक जितेकी छिन् । सोही स्पर्धामा इसीडीसीकी सम्झना तामाङ्गले रजत तथा सितापाइलाकी प्रार्थना मानन्धर र चितवनकी रोशी लीम्बुले काश्य पदक जिते । पुरुषकै जुनियर २९ किलोमा सितापाइलाका सन्देश गीरी पहिलो भए । एसओएस भैरहवाका विकल्प शाहीले रजत तथा बुटवलका मिलान नेपाली र सपन थापाले काश्य पदक जिते । पुरुष १४ बर्ष मुनीको एकल पुम्सेमा स्युचाटारका अस्मित राउतले स्वर्ण जिते भने रोल्पाका धिरेन्द्र बुढा मगरले रजत तथा जेसिस स्कुलका सागर भट्टराइ र न्यु बानेश्वर सगरमाथा तेक्वान्दो डोजाङ्गका कुशल सुबेदीले काश्य पदक जिते ।
१७ बर्ष मुनीको जुनियर ४५ किलो तौल समुहमा चुनदेवी तेक्वान्दो डोजाङ्गका प्रज्वल तामाङ्गले स्वर्ण पदक जिते । यसैगरी, सितापाइलाका प्रनिस गुरुङ्गले रजत तथा चितवनका सुमन थापा र महेन्द्र चौधरीले काश्य पदक जिते । पुरुष १७ बर्ष मुनीको ५५ किलो तौल समुहमा कोटेश्वरका विपुल थापाले स्वर्ण पदक जिते । आर्मीका खेलाडीले रजत जितेको खेलमा नुवाकोट र एमील तेक्वान्दो डोजाङ्गका खेलाडीले काश्य पदक जिते । महिला १७ बर्ष मुनीको ४२ किलो तौल समुहमा एसओएस भैरहवाकी सुनीता नेपालीले स्वर्ण जितिन् भने आर्मीकी सरिता रुवालीलले रजत तथा युनाइटेडकी दक्षिण शाही ठकुरी र नुवाकोटकी सुजाता तामाङ्गले काश्य पदक जिते ।
६२ किलो मुनीको तौल समुहमा आर्मीकी यशोदा खड्का पहिलो भइन् । भैरहवाकी एलीसा केसीले रजत पदक जितिन् भने गैहीगाउ तेक्वान्दो डोजाङ्गकी प्रतिमा राइ  र न्यु बानेश्वर सगरमाथा तेक्वान्दो डोजाङ्गकी दिपशिखा राइले काश्य पदक जिते । पुरुष ६३ किलो मुनीको तौल समुहमा नेपाल पुलिसका बिर बहादुर महराले स्वर्ण पदक जिते । द च्यालेन्जरका किरण सीहीखुले रजत तथा एभ्रीबडी फीटनेसका जोर्डन विक्रम श्रेष्ठ र नुवाकोटका अजय गुरुङ्गले काश्य पदक जिते ।
नेपाली सेनाको अन्तराष्ट्रिय खेल परिर्समा जारी प्रतियोगितामा ५० जिल्ला र विभागीय गरी १५०० खेलाडीले ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । ललीतपुर जिल्ला तेक्वान्दो संघ र काठमाडौ जिल्ला तेक्वान्दो संघको आयोजनामा नेपाल तेक्वान्दो संघको तत्वाबधानमा सञ्चालीत प्रतियोगिता मंगलबारसम्म हुने भएको छ ।

Comment