खेलकर्मी एकजुट हुनेमा मिनको बिश्वास

meen1e
करातेकर्मी मिनकृष्ण मर्हजनले नेपाली कांग्रेसको आसन्न १३ औ महाधीबेसनमा पनि विगतमा झै खेलकर्मी विच सहकार्य हुने कुरामा आफू बिश्वस्त रहेको बताएका छन् । काठमाडौंमा आयोजना हुने महाधीबेसनमा मर्हजनले जनजातीको तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन् । नेपाल कराते महासंघको उपाध्यक्ष , अन्तराष्ट्रिय रेफ्रि तथा राष्ट्रिय खेलकुद परिषद्को कोशाध्यक्षको जिम्मेवारीमा पाएको सफलताले आफू उत्साहित भएको बताउने मर्हजनले महाधीबेसनमा २ सय ५० भन्दा बढी खेलकर्मी प्रतिनिधी हुने अनुमान गर्छन् ।
समाजमा भएको दुखद घटना र विपत्तीमा सबै खेलकर्मी एकजुट भएर लागि परेको स्मरण गर्दै उनी समाजीक विकासका लागि सबै क्षेत्रमा रहेका खेलकर्मी आबस्यक समयमा एकजुट हुनेमा बिश्वस्त रहेका छन् । उनी महाधीबेसनमा आफूलाई सबै खेलकर्मीको साथ रहनेमा आशाबादी रहेका छन् । १२ बैशाखको महाभुकम्प पछि सबै खेलकर्मीको समाजमा सकरात्मक भुमिका भएका कारण हाल खेलकर्मीलाई हेर्ने अन्यको दृष्टिकोण पनि सकरात्मक रहेकाले आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने मर्हजन बताउछन् । १२ बैशाख पछि नेपालका प्राय खेलकर्मीले आफुमा मानबीय सम्बेदना पर्याप्त भएको प्रमाणीत गर्ने क्रममा मिनकृष्ण पनि अग्रपक्तिमा रहेका थिए । दइ महिना भन्दा बढी समय उनी भुकम्प पिडितको सहयोगमा ब्यस्त रहेका थिए ।

Comment