रेजिना, पुजन र सलाई स्वर्ण

taek sundaye
दिलिप स्मृती ब्वाइज युनियन क्लबकी रेजिना ठकुरीले सातौं कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगिताको महिला जुनियरको ४९ केजीमा आइतबार स्वर्ण पदक जितेकी छिन् । सोही स्पर्धामा कैलालीकी गिता बिष्टले रजत तथा चितवनकी सुस्मीता  थापा मगर र युनाइटेड तेक्वान्दो डोजाङ्गकी चाँदनी बिश्वामित्रले कास्य पदक जिते ।
पुरुष जुनियरको ३३ केजीमा युनाइटेडका पुजन खड्का पहिलो भए । आयुष पाण्डे दोस्रो तथा जेससका अस्मित राउत र युनाइटेडका अनुप तामाङ्ग तेस्रो भए । सिनीयर ५८ किलोमा केन्द्रिय डोजाङ्गका सकुमार बस्नेतले स्वर्ण जिते । एपीएफका चन्द्र राना मगरले रजत तथा धादीङ्गका प्रदिप गीरी र आर्मीका राम पोखरेलले काश्य पदक जिते ।
प्रतियोगितामा ५० जिल्ला र विभागीय गरी १५०० खेलाडीले ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल तेक्वान्दो संघको तत्वाबधानमा ललीतपुर जिल्ला तेक्वान्दो संघ र काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगिता मंगलबारसम्म हुने छ ।

 

Comment