दीपालाई कोरियन एमबसडर कपको स्वर्ण

ambs taeke
नेपाल आर्मी क्लबकी दीपा गुरुङ्गले सातौं कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगिताको जुनियर २६ केजीमा शनिबार स्वर्ण पदक जितेकी छिन् । सोही स्पर्धामा आर्मीकै भगवती बलामीले रजत तथा सिमा थापा मगरले र युनाइटेड तेक्वान्दो डोजाङ्गकी सुप्रीमाले कास्य पदक जिते ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भइरहेको प्रतियोगितामा ५० जिल्ला र विभागीय गरी १ हजार ५ सय खेलाडीले ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । ललीतपुर जिल्ला तेक्वान्दो संघ र काठमाडौ जिल्ला तेक्वान्दो संघको आयोजनामा नेपाल तेक्वान्दो संघको तत्वाबधानमा सञ्चालीत प्रतियोगिता सोमबारसम्म जारी रहने छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र नेपालका लागि दक्षिण कोरियाका राजदूतले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसमसेर राणा, संघका महासचिव तथा बरिष्ठ प्रशिक्षक दीपराज गुरुङ्ग, संघका उपाध्यक्ष भोजबहादुर शाह र बरिष्ठ तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुब गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।

Comment