बंगलादेशसंग नेपालको हार

football11
साफ सुजुकी कप २०१५ को तयारीमा रहेको नेपाल बुधबार सम्पन्न बंगलादेशसंगको अभ्याष खेलमा १–० ले पराजित भयो । बंगलादेशका लागि १८ औ मिनेटमा साखवत रोनीले गोल गरे । सुरुवात देखि नै आक्रमक रहेको नेपालको विरुद्धमा रोनीले बायाँ फ्लान्कबाट प्राप्त बलललाई सहजै गोलमा परिणत गरेका थिए । पहिलो खेल खेलीरहेको हेमन गुरुङ्ग त्यसको लगत्तै गोलको नजीक पुगे पनि उनको प्रयास सफल हुन सकेन । ३४ औ मिनेटमा अनील गुरुङ्ग तथा ६१ औ मिनेटमा रोहीत चन्दले राम्रो अबसर गुमाए । उतराद्र्धमा चन्दको प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

Comment