साफ च्याम्पियनसीपका लागि टोली घोषणा

saff te

भारतमा आयोजना हुने साफ च्याम्पियनसीपमा नेपाली टोलीको नेतृत्व अनील गुरुङ्गले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै अनीलको नेृतत्वमा २० सदसीय टोलीको घोषणा गरेको हो । अनील उपश्थित नभएमा विराज मर्हजन या रोहीत चन्द मध्य एकले नेतृत्व वगर्ने जनाइएको छ । टोलीका अन्य खेलाडीमा तीन गोलरक्षक किरण चेम्जोङ्ग, विकेश कुथु र अमृत चौधरी छन् । अनील सहित जगजीत श्रेष्ठ,बिमल घर्ती मगर, नवयुग श्रेष्ठ,अञ्जन बिष्ट र नबीन लामा फरवार्ड छन् ।

मिडफील्डमा रोहीत चन्द,हेमन गुरुङ्ग,विक्रम लामा, योगेश गुरुङ्ग र बिसाल राइ छन् । रक्षकमा रञ्जित धिमाल, विराज मर्हजन,रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ्ग र आदीत्य चौधरी छन् । नबीन र अमृत पहिलो पटक राष्ट्रिय टोलीमा समाबेश भएका हुन् । साफ च्याम्पियनसीप २३ डिसेम्बरमा सुरु हुदै छ । प्याट्रिक अजुम्सको नेतृत्वमा रहने टोलीमा ध्रुब केसी प्राबीधीक सल्लाहकार छन् । यसैगरी,हरि खड्का साहयक प्रशिक्षक तथा उपेन्द्र मान सिंह गोलरक्षक प्रशिक्षक छन् । टोलीको ब्यबस्थापक रमेश रायमाझी तथा चिकित्सक डा. राजु डंगोल छन् । सुरज भुषाल फीजीयो छन् । समुह एमा रहेको नेपालले पहिलो चरणमा श्रीलंका र भारतसंग खेल्ने छ । नेपालले २३ डिसेम्बरमा श्रीलंका तथा २७ डिसेम्बरमा भारतसंग खेल्ने छ ।

Comment