विष्ट मेन्टरको ब्रान्ड एम्बासडर

deepak mentore
मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ ।सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा सहयोग गर्ने संस्था हो । अस्ट्रेलिया, इङल्यान्ड र आयरल्यान्डमा मेन्टरको शाखा विस्तारको तयारी रहेको र यसका लागि काम सुरु भइसकेको प्रबन्ध निर्देशक भट्टराईले जनाएका छन् ।सम्झौता अनुसार विष्टले संस्थाको प्रवद्र्धन, संस्थाकको कार्यक्रममा सहभागिता, संस्थाको सत्यतथ्य सूचनाको प्रचार प्रसारलगायतका कार्यमा संलग्नता हुने पर्नेछ ।
सम्झौता कार्यक्रमपछि प्रबन्ध निर्देशक भट्टराई नेपाली खेल क्षेत्रमा ख्याती कमाएका र इतिहास रचेका व्यक्तिलाई मेन्टरले ब्रान्ड एम्बासडरका रुपमा पाउनु गर्वको कुरा भएको बताए ।

Comment