सागका लागि टेबलटेनिस खेलाडी छनोट

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएका छन् ।tteपुरुष÷महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै न कुनै विभागीय टोलीमा आबद्ध छन् ।
आयोजक अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टिम तयारीमा रहेका समान ५–५ पुरुष÷महिला खेलाडी बाहेकाको पहिले छुट्टै खुला प्रतिस्पर्धा गराएको थियो । त्यसमा शीर्ष ८–८ स्थान हात पार्ने पुरुष÷महिला खेलाडी अन्तिम चरणलाई छानिएका थिए । उनीहरुसहित राष्ट्रिय टिमका खेलाडी सहभागी गराइ १३ जनाबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।
पुरुषमा एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य, नेपाल प्रहरीका दीप साउन, तथा एपीएफका शिवसुन्दर गोथे, अमरलाल मल्ल र चन्दन साही शीर्ष पाँच स्थानमा रहँदै छनोट हुन सफल भए ।महिलामा प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, नेपाल आर्मीकी रविना महर्जन, एपीएफकी सेलिशा खड्गी र प्रहरीकी एरिका महर्जन क्रमशः पहिलोदेखि पाँचौं स्थान हासिल गर्दै छनोट भए । एलिना र एरिका नविताका नन्द हुन् । सागको टेबलटेनिसमा नेपालले पुरुष÷महिलाको सिंगल्स, डबल्स, टिम र मिक्स गरी ७ स्पर्धामा सहभागिता जनाउने टेबलटेनिस संघले जनाएको छ ।
v

 

Comment