डनबस्कोलाई फादर मोरानको उपाधि

father moran cup1
नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित ग¥यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले तेस्रो स्थान पायो । विजयी टोलीका लागि कुञ्जन केसी, अनिस बुढाथोकी र फीराज मर्हजनले गोल गरे । पराजित टोलीका सोभाकर रोकायले गोल गरे ।
प्रतियोगितामा क्रेसेन्टले फेयर प्ले अवार्ड पायो । आयोजक विद्यालयका आशिष घले उत्कृष्ट खेलाडी घोषित भए । विजयी टोलीका फादर साभियो राइ उत्कृष्ट प्रशिक्षक चुनीए । विजयी टोलीकै दुर्गा बहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । क्रेसेन्टका कुन्साङ्ग तामाङ्ग उत्कृष्ट रक्षक तथा रोसन लामा मस्ट प्रोमोसिङ्ग प्लेयर घोषित भए । सात गोल गरेका उपविजयी टोलीका स्पर्श जंग पाण्डे शीर्ष गोलकर्ता घोषित भए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी गोदावरी नगर खेलकुद विकास समितीका अध्यक्ष मनोज घिमिरे र विद्यालयका प्रीन्सीपल फादर जेजु लगायतले पुरस्कार प्रदान गरे ।

Comment