करातेकर्मीको भुमिका रहेको मिसन खेलाडी

mission-kheladi1चर्चीत कराते खेलाडी बिमला तामांगको समेत उपश्स्थिीती रहेको खेलसंग सम्बन्धीत चलचीत्र मिसन खेलाडीको बिहिबार प्रीमीयर सो भयो । प्रीमीयर सोमा बन तथा भु संरक्षण मन्त्री अग्नी सोपकोटा प्रमुख अतिथी थिए । यसैगरी, युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डल बिशेष अतीथी थिए । कार्यक्रममा बालाजु कराते एकेडेमी डोका प्रमुख ध्रुब विक्रम मल्लका साथै चर्चीत ब्यक्तित्व मिरा राइ र बिमला तामगको उपश्थिती थियो । यसैगरी  कराते प्रशिक्षक बि आर मित्र र वाइसीएल ताम्सालींग राज्य इन्चार्ज युवराज दुलालको पनि उपश्थिती थियो  ।
खेलकर्मीको पिडालाई बिषय बस्तु बनाइएको चलचीत्रको निमार्ता ज्योती थापा, नकुल शाही र सुसील शाही हुन् । यसैगरी, निरञ्जन थापा मगर र राज घिमिरेको निर्देशनमा रहेको चलचीत्रको साहयक निर्देशक पृथ्बी श्रेष्ठ हुन् । रमन गायकको संगीतमा राजेश पायल राइ  र राशनी अधीकारीले संगीत भरेका छन् । केशब अधीकोरीकोे छांयकन रहेको चलचीत्रमा शंकर मर्हजनले द्धन्द निर्देशन गरेका छन् । अजय स्याङ्गतान दिपक न्यौपानेको छांयकन रहेको चलचीत्रमा राजन श्रेष्ठ र राम केसीले नृत्य निर्देशन गरेका छन् । ३ पुषमा रिलिज हुने चलचीत्रमा करातेकर्मी निरञ्जन थापा मगर, पृथ्बी श्रेष्ठ, नवराज मास्के, राजन श्रेष्ठ र दिल बहादुर माझीको प्रमुख भुमिका रहेको छ । यसैगरी, बिमला तामांगको काता पनि समाबेश गरिएको छ । अन्य प्रमुख कलाकारमा गणेश तीवारी, रञ्जिता लीम्बु, खुसी खड्का र पुजा राइ रहेका छन् । शुष्मा कार्की अतीथी कलाकारको रुपमा रहेकी छिन् ।

Comment