अमेरिकामा सुनीलको सम्मान जारी

sunil1e
अमेरिकामा भएको फीका अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल सुनील लामाको सम्मानको क्रम जारी रहेको छ । अमेरिकामा फुटबल खेल्ने नपाली क्लब न्युयोर्क नेपाली फुटबल क्लबले पनि सुनीललाई सम्मान गरेको छ ।सुनीललाई सस्थाका अध्यक्ष  नाम्गेल लामा र उपाध्यक्ष गौरव दोर्जेले सम्मान गरे । सुनीलले २०१५ मा लन्डनमा भएको १९औँ सेन्ट्रल इङ्ल्यान्ड ओपन कराते तथा २०१२ मा सिङ्गापुरमा भएको ओपन कराते च्याम्पियनसिपमा कास्यपदक हात पारेका थिए । त्यस्तै लामाले जर्मनमा भएको २२औँ विश्व कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् ।सुनील ११ औ दक्षिण एसियाली खेलकुदका स्वर्णपदक धारी खेलाडी हुन् ।

Comment