सोह्र खेलाडी अन्तिम चरणमा

tte
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको पहिलो चरणबाट १६ खेलाडी बुधबार अन्तिम चरणमा प्रवेश गरेका छन् । ८–८ पुरुष÷महिला गरी १६ खेलाडी अन्तिम चरणमा पुगेका हुन् ।
पुरुषमा चन्दन साही, विनेश खनियाँ, अनुप जोशी, नारायण घिमिरे, स्यान्टू श्रेष्ठ, राजेन्द्र कपाली, सुनील महर्जन र सन्तोष काफ्ले रहेका छन् । महिलामा दीक्षा तामाङ, एरिका महर्जन, सनिशा श्रेष्ठ, सोनु थापा मगर, अनिमा अधिकारी, अपेक्षा शाक्य, स्वीकृति श्रेष्ठ तथा सुजाता दुवाल अन्तिम चरणलाई छानिए ।
अब अन्तिम चरणलाई छानिएका ८–८ पुरुष÷महिला खेलाडीले राष्ट्रिय टिम तयारीमा रहेका क्रमशः ५–५ पुरुष÷महिला खेलाडीसंग राउन्ड रविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । त्यसमा शीर्ष ५ स्थान हात पार्ने पुरुष÷महिला खेलाडीले सागमा स्थान निश्चित गर्ने छन् ।

Comment