विष्टलाई छैटौं डान

ipake
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ ।पारा तेक्वान्दो खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाण पत्र प्रदान गरे । विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ कांस्य विजेता हुन् । छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली पुरुष खेलाडी हुन् ।

Comment