लनटेनिसको अन्तिम छनोट सुरु

tennis
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि लनटेनिस खेलाडीको अन्तिम छनोट मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।अन्तिम छनोटमा १२ पुरुष र ८ महिला खेलाडी सहभागी छन् । अघिल्लो चरणको छनोटमा सफलता प्राप्त गरेको खेलाडी अन्तिम छनोटमा सहभागी भएको आयोजक अखिल नेपाल लनटेनिस संघले जनाएको छ ।
अन्तिम छनोटमा सहभागी खेलाडीले राउन्ड रविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । त्यसमा शीर्ष ४–४ स्थान प्राप्त गर्ने खेलाडीले सागमा सहभागिताको अवसर प्राप्त गर्ने छन् ।
पहिलो दिन महिलाको राउन्ड रविन लिग सुरु भएको छ । पुरुषको प्रतिस्पर्धा बुधबारदेखि हुनेछ । नेपालले पुरुष÷महिलाको सिंगल्स, डबल्स र मिक्स गरी ५ स्पर्धामा भाग लिने छ ।

Comment