टेनिसमा ७ जनाको टोलीमा ४ जना खेलाडी

श्रीलङ्कामा जारी विलि जिन किङ कपमा नेपालको पनि सहभागिता छ । सहभागी नेपाली टोलीमा ४ खेलाडी तथा ३ अफिपसियल छन् । समूह ३ को इभेन्ट वानमा रहेका टोलीलाई विभाजन गरेर दुई देशमा खेलाइएको छ । नेपालको खेल श्रीलङ्कामा आयोजन हुने छ ।
नेपाली टोलीमा सुनिरा थापा, अभिलाषा विष्ट, सिवानी गुरुङ र स्वस्तिका विष्ट छन् । ४ खेलाडी सहित कुल ७ जना सो टोलीमा छन् । नेपालको समूहमा श्रीलङ्का, कतार र म्यानमार रहेका छन् ।
नेपालले मंगलबार म्यानमारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । सो प्रतियोगितामा टिम क्याप्टेनको रूपमा कृष्ण राज घले त्यस तर्फ प्रस्थान गरेका छन् । यसै गरी अजय सहित प्रमीला खड्का विष्ट पनि मेनेजरको रूपमा गएको समाचार खुलेको छ ।
नेपालमा व्यवस्थित रूपले सञ्चालित टेनिस खेलमा सरकारले मनोहर दास मूलको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरे पछि पहिलो पटक सहभागी हुन आटेको यस प्रतियोगितामा ५ खेलाडीको टोली रहने व्यवस्था भए पनि खेलाडी भने ४ जना मात्र छन् ।