अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

Manoj Shiama
9 June, 2025 12:23 pm

कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका छन् । दुई सेटले पछि परेको उनले सानदार कम ब्या गर्दै ज्याक सिनरलाई हराए । यस क्रममा उनले ३ पटक च्याम्पियनसिप प्वाइन्टको रक्षा गरे । 

५ घण्टा २९ मिनेट लामो खेलमा अलकाराज ४–६,६–७,६–४,७–६,७–६ ले विजयी भए । 

जित पछि अल्काराजले सिनरलाई  उत्कृष्ट क्षमता भएको खेलाडीको रूपमा व्याख्या गरे । सन् २०१९ को विम्बल्डन फाइनलमा नोभाक जाकोभिकले रोजर फेडररलाई हराए यता कुनै पनि ग्रान्डस्लाममा म्याच प्वाइन्ट बचाएर खेल जित्ने पहिलो खेलाडी अल्काराज बनेका छन् ।