नेसनललाई जीसीआई फुटसल उपाधि

futsal finale
नेसनल कलेजले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।कमलादीमा भएको फाइनलमा नेसनलले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) लाई १४–३ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेसनलका युनेश अवाले र विक्रान्तनरसिंह राणाले ४–४, मिलनबहादुर बानले ३, सविन सापकोटाले २ तथा निकेश पन्तले १ गोल गरे । एलएसीएमका धीरज पहारीले २ र समिर लामाले १ गोल फर्काए ।
उपाधिसंगै नेसनलले २० हजार नगद पुरस्कार हात पा¥यो भने एलएसीएमले १० हजारमा चित्त बुझायो ।ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगितामा कान्जिरोवाका श्रीकृष्ण श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । स्ट्राइकरमा नेसनलका विक्रान्तनरसिंह राणा, डिफेन्समा एलएसीएमका सोयल ताम्राकार तथा गोलरक्षकमा कान्जिरोवाका लक्ष्मण थापा उत्कृष्ट घोषित भए ।
विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्ट, जसीआईका प्रिन्सिपल डा. करण ठगुन्ना तथा जसीआईअन्तर्गत एमबीएका कार्यक्रम निर्देशक डा. सीपी रिजालले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । शुक्रबारदेखि सुरु प्रतियोगितामा विभिन्न १६ कलेजका १७ टिम सहभागी थिए ।

Comment