प्राइम च्याम्पियन

prime tte
प्राइम कलेजले प्राइम कप अन्तरकलेज टेबलटेनिसको उपाधि आइतबार जितेको छ । प्राइमले ७ स्वर्ण, ४ रजत र २ कांस्य हात पा¥यो । दोश्रो भएको मोर्गन इन्टरनेसनल कलेजले २ रजत र २ कांस्य जित्यो । पुरुष सिंगल्सको उपाधि प्राइमका स्यान्टू श्रेष्ठले जिते । स्यान्टूले फाइनलमा प्राइमकै निहाल श्रेष्ठलाई ११–६, ११–४, ११–८ र ११–९ को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टमा प्राइमले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ३–१ ले हराउदै पहिलो भयो । मिक्स डबल्समा प्राइमका निहाल श्रेष्ठ र एरिका महर्जनको जोडीले प्राइमकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ११–८, ७–११, ११–७ र ११–७ को सेटमा पाखा लगाउदै पहिलो भए । पुरुष डबल्समा प्राइमका स्यान्टू श्रेष्ठ र निहाल श्रेष्ठको जोडीले प्राइमकै विनेश र नारायण घिमिरेको जोडीलाई ११–६, ४–११, ११–७ र ११–७ को सेटमा हराउदै शीर्ष स्थान कब्जा गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्राइमका नारायण घिमिरे सर्वोत्कृष्ट खेलाडी चुनिए ।

Comment