सागका लागि टेटे छनोट बुधबारदेखि

tt
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।राष्ट्रिय टिम तयारीमा रहेका बाहेकका खेलाडीको पहिले खुला छनोट प्रतियोगिता हुनेछ । त्यसमा शीर्ष ८–८ स्थान हात पार्ने पुरुष÷महिला खेलाडीले पुनः राष्ट्रिय टिम तयारीमा रहेका ५–५ पुरुष÷महिला खेलाडीसंग राउन्ड रविन लिगका आधारमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
त्यसपछि सागका लागि समान ५–५ पुरुष÷महिला खेलाडी छनोट गरिने छ । सागमा नेपालले टेबलटेनिसमा पुरुष÷महिला सिंगल्स, डबल्स, टिम र मिक्स गरी ७ स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् । प्रतियोगिता मंसिर २७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Comment