एलिना र एलिकाको जोडि पहिलो

prime3
१३ औ प्राईम कप अन्तरगत टेबल टेनिसतर्फ प्राईमका एलिसा महर्जन र एलिका महर्जनको जोडी महिला डबलतर्फ पहिलो भए ।  उनिहरुले फाइनल खेलका मोर्गनका सनिषा श्रेष्ठ र अनिमा अधिकारीको जोडीलाई १२–१०,१२–५,५–११,८–११ र ११–७ ले हराएका थिए ।
बुटबलवको न्यू होराइजनका गिता अर्याल र सुकृति श्रेष्ठ तथा सिसिआरसिका सोनु थापा मगर र अलिना वान्तवाले सयक्त रुपमा तेस्रो हात पारे । प्रतियोगिता अन्तर्गत पुरुष सिगंल्समा प्राइमा स्यान्टु श्रेष्ठ र प्राइमकै नेहाल श्रेष्ठ फाइनलमा पुगे । सेमीफाइनलमा स्यान्टुले प्राइमकै नारायण घिमिरलाई ११–७,११–५,११–५ र ११–८ ले हराउदा नेहालले आफ्नै कलेजका दिनेश खनियालाई ११–८,५–११,११–९,११–९ र १४–१२ ले हराए ।प्राइम कलेजको आयोजनामा सञ्चालीत बास्केटबल तथा टेबल टेनिस प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले गरेका थिए । सो अवसरमा अखिल नेपाल टेबलटेनिससघंका अध्यक्ष चतुरानन्द बैद्य र प्राइम कलेजका प्राचार्य नरेश बहादुर श्रेष्ठको उपस्थीती रहेको थियो  ।

Comment