कराते राष्ट्रिय खेलको रुपमा विकास हुनु पर्ने राइको विचार

karate-rai-shaman-300x180 (1)नेपाल सितोरियो करातेका जन्मदाता थानेश्वर राईलाई बुटवलमा मंगलबार सम्मान गरिएको छ । जिल्ला सितोरियो कराते संघ र जिल्ला सितोरियो कराते स्कुल संघ रुपन्देहीले संयुक्त रूपमा राईलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै राईले अझै पनि खेल र खेलाडीलाई सरकारले राम्रो दृष्टिकोणले नहेरेको बताए ।   उनले अहिले देशमा करातेका खेलाडीहरू ७ लाखभन्दा बढी भएकाले अब यसलाई राष्ट्रिय खेलको रूपमा विकास गर्नुपर्ने बताए ।

करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले राष्ट्रले प्रशिक्षकलाई पनि उपेक्षा गरेकाले प्रशिक्षकहरू विदेश पलायन हुने क्रम बढेको बताए । कार्यक्रममा नेपाल सितोरियो कराते संघका केन्द्रीय सदस्य अमिर राई, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङलगायतले बोलेका थिए । कार्यक्रम जिल्ला सितोरियो कराते स्कुल संघका अध्यक्ष कृष्णप्रसाद देवकोटा, रुपन्देही प्रशिक्षक माधव घिमिरेको तथा मीनराज गिरीको उपस्थिति रहेको थियो ।

 

Comment