नेपाललाई कांस्य पदक

gojukai
इण्डोनेशियाको राजधानी जकार्तामा भएको छैठौं एसियन प्यासिफिक गोजु–काई कराते–डो च्याम्पियनसीपमा नेपालले कास्य पदक जितेको छ । नेपालकी शान्ति लामाले ५५ केजीमुनि कुमिते स्पर्धामा कास्य पदक प्राप्त गरेको नेपाल गोजु–काई कराते–डो संघका केन्द्रीय सदस्य एवं टिम प्रशिक्षक अच्युतराज उप्रेतीले जनाएका छन् ।
सेमिफाइनलमा इरानकी खेलाडीसँग पराजित भएपछि शान्ति कांस्यमा सीमित भइन् । च्याम्पियनसिपमा २७ देशको सहभागिता रहेको नेपाल गोजु–काई कराते–डो संघका उपाध्यक्ष जनार्दन उप्रेतीले जानकारी दिए । संघका उपाध्यक्ष अशोककुमार पाण्डे व्यवस्थापक छन् । त्यस्तै संघका महासचिव तथा सहायक प्रमुख प्रशिक्षक इन्द्रबहादुर खड्गेले प्रतियोगिताको विभिन्न खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

Comment