एनओसी अध्यक्ष र एएफसी प्रतिनिधिबिच भेटघाट

puru noce
एसियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्टिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग नेपाली फुटबलमा पछिल्लो समय देखिएको विवादको विषयमा जानकारी लिएका छन् । सातदोबाटोस्थित कमिटीको कार्यालयमा उपस्थित भए कट्टेलले एनओसी अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन् ।
फिफाले गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० बर्षको प्रतिबन्ध लगाएपछि नेपाली फुटबलमा देखिएको विवाद र परिस्थितिको विषयमा अध्ययन गर्न एएफसीले कट्टेललाई प्रतिनिधिका रुपमा नेपाल पठाएको हो । सो अध्ययनको सिलसिलामा कट्टेलले एनओसीको राय बुझेको हो ।
एनओसीका अध्यक्ष श्रेष्ठले हरेक संघ आफ्नै स्विकृत विधान र विधि अनुसार चल्नुपर्ने मान्यता रहेको बताए । उनले एनओसीले जहिलेपनि संघहरुको स्वायत्तताको पक्षमा काम गरेको  र संघहरुमाथिको हस्तक्षेप स्विकार गर्न नसकिने एएफसीका प्रतिनिधिलाई जानकारी दिए । तर एनओसीले सरकारसँग सम्न्वयन गरी नेपालमा खेलकुद विकासका लागि काम गर्नुपर्ने धारणा राखेका थिए ।
श्रेष्ठले एन्फाको अध्यक्ष र प्रथम उपाध्यक्षको विषयमा रहेको विवादलाई  निर्वाचनको माध्यमबाट नेपाली फुटबलमा निकास दिनुपर्ने अवधारण प्रस्तुत गर्र्दै सो सम्बन्धमा एएफसीले एन्फालाई स्पष्ट गाइडलाइन दिनुपर्ने आवश्यकता रहेको बताए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एन्फाका महासचिव धिरेन्द्र प्रधानको समेत उपस्थिती रहेको थियो । क्ट्टेलले एन्फा विवादको अध्ययन गरेर मलेसियामा रहेको हेडक्वार्टरमा प्रतिवेदन बुझाउने छन् ।

 

Comment