अमेरिकामा नेपालीको उत्कृष्ट प्रदर्शन सुनीललाई काश्य पदक

sunil final
अमेरिकाको क्वीइन्समा आइतवार सम्पन्न फिका यूएसए आपन कराते प्रतियोगितामा  ढाका साग खेलका स्वर्ण पदकधारी सुनील लामाले काश्य पदक जितेका छन् । केही महिना अघि इंग्ल्यान्डमा भएको प्रतियोगितामा पनि सुनील र परशुराम बास्तोलाले काश्य पदक जितेका थिए । नेपालीमुलका  खेलाडीले एक स्वर्ण सहित आठ पदक जितेका छन् । यसै प्रतियोगिताका लागि नेपालबाट आएका राष्ट्रिय खेलाडी सुनिल लामा भने कास्य पदकमा चित्त बुझाउन बाध्य भए ।
पहिलो चरणमा उत्कृष्ठ प्रर्दशन गरेका सुनिल सेमीफाइनलमा भने हतास देखिए  । प्ररम्भिक  चरणमा सुनिलले अमेरिकाका  मान्नी टेभरेजलाई ७–२ को  स्कोरमा हराए । टेभरज सन् २०१४ सम्म अमेरिकी राष्ट्रिय कराते टिमबाट खेल्ने खेलाडी हुन् । रेजभरेज बिरुद्ध तीन मिनेटको खेलको शुरुवाती ३० सेकेण्ड सम्म सुनिल एक शुन्य स्कोरले पछाडी थिए ।
प्रतियोगितामा सिनियरतर्फ ७५ केजी मुनी , ८५ केजी मुनि  र ८५ केजी माथि गरि तीन तौल समुहमा  प्रतिस्पर्धा गराइएको थियो । सुनिल पछिल्लो समय नेपालमा ६० केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने गर्दछन् ।उनी एपीएफ क्लबमा आबद्ध छन्।
सेमीफाइनलमा सुनिल क्युवाका डेनीस नोभोसंग  ३७ सेकेण्ड अगाडी नै सुनिल ९–० स्कोरको भारी अन्तरले पराजित भए । पहिलो मिनेट दुबै खेलाडी अंक विहिन थिए । क्युवाका डेनीस दुई पटकका पान अमेरिकन च्याम्पियन हुन । पा“च बर्ष अगाडी देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको बताउने डेनीसले सन् २०११ मा मेक्सीकोमा सम्पन्न पान अमेरिकन कराते च्याम्पियनसिपमा पहिलो स्वर्ण जितेका थिए । त्यसको चार महिना पछाडी नै भएको पान अमेरिकन गेममा पनि उनले आफ्नो स्वर्ण सुरक्षित बनाएका थिए । सन् २०१२ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व च्याम्पियनसिपको अनुभव बटुलेका डेसीस पछिल्लो एक बर्ष देखि अमेरिकामा छन् । सेमीफाइनलमा सुनिललाई हराएका डेनीसले नै ७५ केजी तौल समुह मुनिको स्वर्ण जिते । यो क्रममा फाइनलमा डेनीसले रिपब्लिक डेमिनीका खेलाडीलाई हराएका थिए ।
खेल पछि सुनिलले टाइमिङ्गको जर्ज गर्न आफु चुकेको प्रतिक्रिया दिए, “दुबै जना अट्याकमा थियौ, काउन्टरमा उसले अंक लियो, त्यसको डिफेन्स गर्ने मैले मौका नै पाइन, पहिलो अंक खाए  पछि के के भो के के ।” सुनिलले विपक्षीको गेम रिड गर्न समेत नपाएको बताए । “पहिलो चरणमा कस्तो खेल्यौ भन्ने मैले हेर्नै पाइन, सायद उसले मेरो खेल हेरेको हुनु पर्दछ ।” खेलको स्तर खासै धेरै फरक नभए पनि आफुले ठूलो तौल समुहका खेलाडी स“ग खेल्दा अप्ठेरो भएको सुनिलले बताए । “नेपालबाट नाम दर्ता गर्दा मैले ६० केजी मुनिमा नै गरेको थिए, यहा“ आए पछि मात्र थाहा भयो मेरो तौल नै रहेनछ ।” क्युवाका खेलाडी डेनीलले सुनिलको खेलको प्रसंसा गरे । “ उनले निकै राम्रो खेलेका हुनु, तर पहिलो अक खाए पछि उनी केही हतास भए,  त्यसको फाइदा मैले लिए, खेलमा यस्तो हुन्छ ।”
प्रतियोगितामा न्युयोर्कमा रहेक नेपालीमुलका खेलाडीले पनि भाग लिएका थिए । बरिष्ठ प्रशिक्षक शान्त थोकरद्धारा सञ्चालित कराते स्कूल इन्टरनेश्नल मार्शलआर्ट एशोशिएशन न्युयोर्कको तर्फबाट भाग लिएका नेपालीमुलका सहित २१ जना खेलाडी मध्ये ११ जनाले पदक जिते । जसमा पा“च स्वर्ण, पा“च रजत र सात काश्य रहे । नेपालीमुल खेलाडीको पोल्टामा आठ पदक प¥यो ।
आठ बर्ष मुनिको उमेर समुहको स्वर्ण नेपालीमुलका लाप्का शेर्पाले जिते । यस्तै १५ बर्ष उमेर समुहको इनटरमेडेट एडभान्स डिभिजनमा ल्हक्पा शेर्पाले कुमितेमा कास्य जितिन् । यस्तै  पाशाङ शेर्पाले काता र कुमुते दुबै स्पर्धामा रजत पदक हात पारे । ११ बर्ष उमेर समुहमा निमा लामाले कातातर्फ कास्य पदक जितिन् ।
१४ बर्ष उमेर समुहको नोभिस डिभिजनमा सुनिल थापाले काता र कुमिते दुबै तर्फ रजत पदक हात पारे । सोही समुहमा इशान बरुवालले कुमिते तर्फ स्वर्ण पदक जिते भने मनोज गुरुङ्गले कातामा कास्य पदक पाए । १४ बर्ष जुनियर समुहमा एलेन मेजियाले कातामा स्वर्ण र कुमितेमा रजत पदक जिते ।
११ बर्ष ब्वाइज अन्र्तगत नोभिस डिभिजनमा लाक्पा सोना शेर्पाले कुमिते तर्फ कास्य पदक पाए । भने १३ बर्षमा जेनीले कातामा स्वर्ण जितिन । १० बर्ष ब्वाइजमा रयान डोङ्गले कातामा कास्य पाए । यस्तै नौ बर्ष मुनि ब्वाइज डिभिजनमा एण्डीले कातामा स्वर्ण जितिन ।
इन्टरनेश्नल मार्शलआर्ट एशोशिएशन न्युयोर्क टिमको प्रशिक्षकमा शमिर थोकर र अरुण राई रहेका थिए । हरेक बर्ष आयोजना हुने प्रतियोगितामा यस पटक तीन सय ५० खेलाडी चुनौति पश्किएका थिए ।  अमेरिकन कराते महासघ, पान अमेरिका कराते महासघ र विश्व कराते महासघका मान्यता प्राप्त चालिस भन्दा बढी रेफ्री तथा निर्णायक समुहमा तीन नेपाली शान्त थोकर, पर्खी राई र देवेन्द्र अमात्यले पनि रहेका थिए ।
पन्न फिका यूएसए आपन कराते प्रतियोगितामा  ढाका साग खेलका स्वर्ण पदकधारी सुनील लामाले काश्य पदक जितेका छन् । केही महिना अघि इंग्ल्यान्डमा भएको प्रतियोगितामा पनि सुनील र परशुराम बास्तोलाले काश्य पदक जितेका थिए । नेपालीमुलका  खेलाडीले एक स्वर्ण सहित आठ पदक जितेका छन् । यसै प्रतियोगिताका लागि नेपालबाट आएका राष्ट्रिय खेलाडी सुनिल लामा भने कास्य पदकमा चित्त बुझाउन बाध्य भए ।
पहिलो चरणमा उत्कृष्ठ प्रर्दशन गरेका सुनिल सेमीफाइनलमा भने हतास देखिए  । प्ररम्भिक  चरणमा सुनिलले अमेरिकाका  मान्नी टेभरेजलाई ७–२ को  स्कोरमा हराए । टेभरज सन् २०१४ सम्म अमेरिकी राष्ट्रिय कराते टिमबाट खेल्ने खेलाडी हुन् । रेजभरेज बिरुद्ध तीन मिनेटको खेलको शुरुवाती ३० सेकेण्ड सम्म सुनिल एक शुन्य स्कोरले पछाडी थिए ।
प्रतियोगितामा सिनियरतर्फ ७५ केजी मुनी , ८५ केजी मुनि  र ८५ केजी माथि गरि तीन तौल समुहमा  प्रतिस्पर्धा गराइएको थियो । सुनिल पछिल्लो समय नेपालमा ६० केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने गर्दछन् ।

Comment