सातौं खुल्ला कराते सुरु

karate chamionship1eसुदुरपश्चिम गोजुरियो कराते संघको आयोजनामा सातौं अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता धनगढीमा शुक्रबार सुरु भयो । प्रतियोगिताको मुख्य अतिथी प्रायोजक संस्था नयाँ शक्ति नेपालकोे नेपाल संयोजक कमल श्रेष्ठले  उद्घाटन गरे ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानीस्तान, भुटान र बंगलादेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता आयोजक कमिटीका संयोजक तथा सुदुर पश्चिमाञ्चल गोजुरियो कराते संघका अध्यक्ष नारद मुनीले बताए । ३७ स्पर्धाका लागि प्रतिस्पर्धा भइरहेको छ ।

Comment